दशैंलाई भजन ल्याइन् मेनुकाले



विजया दशमीको अवसरमा युवा पण्डित कुवेर सुवेदी र गायिका मेनुका पौडेलले नवदुर्गाको भजन सार्वजनिक गरेका छन्।

घटस्थापनादेखि दशैंको अन्तिम दिनसम्मलाई समेटिएर पहिलोपटक सार्वजनिक गरिएको नवदुर्गाको भजन चर्चित कथा व्यास पं. कुवेर सुवेदी तथा पहिलो नेपाल आइडल र सारेगमपकी सहभागी गायिका मेनुका पौडेलको स्वरमा छ। नवदुर्गा भजनमा संगीत राजु अधिकारीले दिएका छन् भने संगीत संयोजन भुपु पाण्डेको रहेको छ। भक्ति संगीतमा शब्द स्वयं कुवेर सुवेदीको रहेको छ। सुवेदीले सार्वजनिक गरेको यसअघिको पुरुषोत्तम मासको भजनसमेत निकै चर्चामा रहेको थियो।

यो दुर्गा भजन भने पाऊ पाथीभरा माताको मन्दिरमा छायांकन गरिएको छ। नवदुर्गासहित घटस्थापनादेखि दशैंसम्मका दिनका महिमालाई समेटिएकोले भजनमा मन्त्रसङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्