टिकटक स्टार छानिने



पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सामाजिक सञ्जाल टिक टकलाई ध्यान दिँदै एचपी इन्टरटेन्मेटको आयोजनामा टिकटक स्टार अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ।

घरमा नै बसी–बसी देशको विभिन्न स्थानमा रहेका नवप्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई फिल्ममा काम गर्ने अवसरसहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले जनाएको छ। प्रतिभा भएर पनि अवसरवाट वञ्चितका लागि क्षमता प्रदर्शन गर्ने स्थान टिकटक स्टार बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए। उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिन लागेको हो। अनलाइनबाट नै प्रतियोगीतामा भाग लिन सकिने र विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएका छन्।

संस्थाले यसअघि नेपाली फिल्म क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि स्क्रिप्ट राइटिङ कम्पिटिसन सम्पन्न गराएको थियो। ह्याप्पी पाठक इन्टरटेन्टमेन्टले निर्माण गरेको फिल्म नेपाल आमाको छायांकन सकाएको छ। फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्