आईपीएलमा सट्टाबाजी खेल्ने ३ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

हाल दुबईमा चलिरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा साट्टाबाजी खेलिरहेकाहरु पक्राउ परेका छन् ।कलैयास्थित बजारमा केही मानिसले सट्टाबाजी खेलिरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्यरुपमा बुझ्दै जाँदा जिल्ला बारा कलैया उमनपा वडा–१ राजदेवी टोलस्थित राजुकुमार यादबको घरमा किंग्स इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबीच भइरहेको खेलमा साट्टाबाजी खेलिरहेका धरधनी वर्ष २५ का यादब, वर्ष २७ का दीपककुमार सर्राफ र वर्ष २९ का रवि दासलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको शरीर तथा घरकोठा तलासी लिँदा उनीहरुको साथ तथा कोठाबाट सट्टाबाजी खेल्न प्रयोग गरिएको विभिन्न बैंकको चेक, नगद एक लाख सतहत्तर हजार पचास रुपियाँ फेला परेपछि पक्राउ गरिएको जनाइएको छ ।

ती सामान र नगद बरामद गरी सट्टाबाजी खेल्नेहरुलाई सट्टाबाजी मुद्धाअन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।