संगीतमा आयो डिजिटल फोटो



जमाना डिजिटलको छ। एनालगकको जमानालाई पछाडि छोड्दै डिजिट प्रविधिले फड्को मारिरहेको छ। यसै सन्दर्भमा गायक गायिका सुनील कटुवाल र सरू गौतमले पनि डिजिटल प्रविधिकै कुरा गर्दै गीत तयार पारेका छन्।

कटुवाल र गौतमद्वारा स्वरबद्व गीत डिजिटल फोटोको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुमार कटुवालको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतको म्युजिक भिडियोमा सागर लम्साल (बले), हरीश निरौला (कक्रोज) गीता ढुंगाना र प्रतिमा कँडेलले अभिनय गरेका छन्। देवेन्द्र पाण्डेद्वारा निर्देशित म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्