ढुंगेधाराको नानीको पछि पछि कृष्ण


पर्ख पर्ख मायालु गायक कृष्ण काफ्ले कोरोना संक्रमणको जोखिमका कारण नेपालमा लगाइएको शुरुआती लकडाउन र पछिल्लो निषेधाज्ञादेखि अहिलेको समयसम्म पनि गायन क्षेत्रका उस्तै सक्रिय छन्। यही सक्रियता क्रममा कृष्णले नेपाल आइडल सिजन–३ बाट लोकप्रियता कमाएकी गायिका ममता गुरुङसँग गाएको नयँँ गीत ढुंगेधाराको सानी नानी मन पर्छ डिजिटल प्लेटफर्ममा सार्वजनिक भएको छ।
कृष्णको यो गीत उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। आलोक श्रीले संगीत भरेको गीतमा गायत्री ज्ञवालीको शब्द रचना रहेको छ।
गीतमा युवायुवतीबीचको मायालाई दर्शाइएको छ भने यसको म्युजिक भिडियो पनि सोहीअनुसार प्रेमले भरिएको छ। गम्भीर विष्टले यसको म्युजिक भिडियोलाई कथानक फिल्मको शैलीले तयार पारेका छन्। भिडियोको शुरुआतमा त्रिकोणात्मक प्रेम देखाइएको छ भने मध्य भागमा युवतीले माया एउटासँग गरे पनि सम्पत्तिको लोभका कारण अर्को युवकसँग पनि प्रेमभाव देखाएको कथा समेटिएको छ। सच्चा माया एउटालाई र धनको लोभले अर्कोलाई माया गरेका नाटक भिडियोमा छ। तर, नाटकीय मायामा परेको विदेशबाट फर्केको युवाले युवतीको सच्चा प्रेमका लागि गन्तव्य दिएको कथा भिडियोले बोल्छ।
भिडियोमा गायक कृष्ण काप्mले स्वयंले पनि अभिनय र नृत्य गरेका छन् भने यसका निर्देशक गम्भीर विष्ट र गीता ढुंगानालाई प्रस्तुत गरिएको छ। गम्भीर र गीतका साथमा कृष्णले पनि आप्mनो नृत्य र अभिनय कलाबाट उत्कृष्ट बनाएका छन्। गायक काप्mले भिडियोमा ढुंगेधाराको सानी नानी मन पर्छ भन्दै अर्कै युवाको मायाप्रेममा परेकी युवतीको पछि–पछि लाग्दै नाचगान गर्छन्। यसमा प्रयोग भएका लोकेसन भिडियोको अर्को आकर्षक पक्ष बन्न पुगेको छ। नरेशकुमार विष्टद्वारा उत्पादित म्युजिक भिडियो नवीन निरौलाले सम्पादन गरेका छन्।