गाउँपालिकाको सह्रानीय कदम, वृद्धवृद्धाले आँखाको ज्योति पाए (तस्वीरसहित)

14
Shares

ललित सिंह, चैनपुर ।

साईपालका बासिन्दाको मर्म बुझेर मडिकल टिमलाइ आउन जान समस्या र स्वास्थ्य सामाग्री ढुवानी गर्न समस्या देखेर बझाङको विकट दुर्गम साइपाल गाँउपालिकामा पहिलो पटक हेलिकप्टर रिर्जब गरेर आँखा शिविर संचालन गरेको छ । कार्तिक १ गते वाट ३ गते सम्म संचालन भएको शिविरमा ३ दिन सम्म सिम्रिक ऐरको हेलिकप्टर बझाङमै राखेर मान्छे सहित सामाग्री ढुवानी गरेको थियो ।

साइपाल गाँउपालिकाको धुली र धलौन गाँउबाट समेत हिड्न नसक्ने आँखाका विरामीहरु लाइ हेलिकप्टर मार्फत शिविर स्थल काँडामा ल्याएको थियो भने नेताहरुले पनि यो समयको उपयोग गरि हेलिकप्टर मार्फत तिव्वत हुम्ला जोड्ने सडक वाटो कता वाट सजिलो हुन्छ भनेर हवाइ अवलोकन गरेका थिए ।

हेलिकप्टर रिजर्व गरेको भएर यसपालीको साइपालमा भएको आँखाको अप्रेसन तथा बृहत स्वास्थ्य शिविर राम्रो उपलव्धी मुलक भयो साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले वताए । उनले भने धेरै मान्छेले हेलिकप्टरमा चढ्न अवसर पाए विरामीहरु सहित डक्टर अतिथिहरु लाइ पनि शिवरमा जान आउन हेलीकप्टर हुदाँ सजिलो भयो ।शनिवार बाट भएको शिविरमा ५५ जनाको आँखाको अप्रेसन गरि निको बनाएको छ भने अन्य ४ सय भन्दा बढी आँखाका समस्या भएका विरामीले उपचार पाएका छन् ।

आँखाको अप्रेसन सहित परिवार नियोजन सेवा , डेन्टल सेवा , बाल रोग स्त्रि रोग गर्भ चेकजाँच हण्डी सम्वन्धी समस्याको पनि उपचार गरिएको थियो । दुवै आँखा नदेख्ने भएकी साइपाल गाँउपालीका २ की हाँसु बोहराले अप्रेसन गरि आँखा खुलेर वाहिर संसार देख्दा आँखाको अप्रेसन गर्ने तिलगंगा आँखा अस्पताल काठमाण्डुकी डाक्टर रिता गुरुङ लाइ धन्यवाद दिएर अर्को जुइनी पाएको भन्दै खुशी भइन् ।

उनि जस्तै १५ वर्षदेखी दुवै आखाँ बन्द भएकी प्यारी बोहराले पनि डक्टरहरु लाइ भगवान भन्दै वाहिर संसार देखेर हर्षित भइन । शिविरमा ३ जनाको दुवै आँखा बन्द भएको अप्रेसन गरेको थियो भने अन्य एक आँखाको समस्या भएको अप्रेसन गरेको थियो । शिविरमा अन्य १ हजार भन्दा बढीले विभिन्न स्वास्थ्य समस्याको उपचार पाएको जिल्ला अस्पतालका डक्टर सन्दीप ओखेडाले वताए ।

उनले भने यहाँ धेरै स्वास्थ्य जटिल केशहरु पनि भेटिए सदरमुकाम टाढा भएकाले कतिपयले ठुलो खालको विराम पालेरै राखेको अवस्था देखीयो ।

एउटा २६ वर्ष उमेरकी महिलाले ६ बच्चा पाएर अहिल फेरी गर्भ रहेको थियो उनको पेटमा बच्चा मरेको दुई महिना भइ सकेको थियो शिविरमा यो समस्या जानकारी भएपछि बच्चा निकालेर महिलालाइ सन्चो बनाएको समेत डाक्टर ओखेडाले जानकारी दिए ।

शिविरले धेरै लाइ सहुलीत र सुविधा भएको थियो । साइपाल गाँउपालीका भौगोलिक रुपमा विकट दुर्गम भएकाले त्यहाँको जनजिवन धेरै कष्टपुर्ण रहेछ महिला बालबालीकाहरुको स्वास्थ्य अवस्था त अझै दयनिय देखीयो शिविरमा आएका तिलगंगा आँखा अस्पतालका हरि कार्कीले भने यहाँ सडक पुर्याउन पर्ने र शिक्षामा जोडदिनु जरुरी छ ।

शिविरमा हेलिकप्टर रिजर्व गरेको हुदाँ शिविर उद्घाटनको दिनमा जिल्ला सदरमुकाम वाट प्रदेश सभामुख अर्जुन वहादुर थापा सहित जिल्लामा आएका माननिय साँसदहरु अन्य स्थानियतहका प्रमुख सुरक्षा निकायका प्रमुख सहितको टोली हेलिकप्टरमा साइपाल गएका थिय ।

यस्तै तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा बरिष्ठ नेत्र चिकित्सक डाक्टर रिता गुरुङको नेतृत्वको टोलीले काँडा माध्यामिक विद्यालयमा आँखा शिविर संचालन गरिरहेको छ । आँखा शिविरमा मोतिविन्दु र आँखामा मासु पलाउने रोगको शल्यक्रिया तथा आँखा सम्बन्धी अन्य सेवाहरु दिइएको छ । आइतवार साँझ सम्म ३ सय ८ जना महिला र २ सय ३ जना पुरुष गरि ५ सय ११ जनाले आँखा सम्बन्धी सेवा लिएको छ ।

३२ महिला र २४ पुरुष गरी ५६ जनाको मोतिविन्दु र अन्य समस्याको शल्यक्रिया गरिएको भने १ सय ६० महिला र २ सय २० जना पुरुष गरी ३ सय ८० जनालाई चश्मा वितरण गरिएको छ ।

 

जिल्ला अस्पताल बझाङले गरेको परिक्षणमा तीन हजार भन्दा कम जनसंख्या रहेको यस गाउँपालिकाका एक हजार भन्दा बढीले अन्य सबै किसिमका स्वास्थ्य सेवा लिएका छन् ।

चिनको तिब्बत सँग सिमा जोडिएको जिल्ला कै विकट यस गाउँपालिकामा जिल्ला अस्पतालमा समेत उपलब्ध नभएको सेवा घरदैलो मै पाएकोमा स्थानियले खुशी व्यक्त गरेका छन । ‘दशौ बर्ष देखी अन्धकारमा बाँचीरहेका बुढाबुढी फेरी आँखा देख्ने भएका छन’ गाउँपालिकाले शिविर स्थलबाट एक दिनको पैदल दुरीमा रहेका धुली र धलौन गाउँका आँखाको शल्यक्रिया गर्नु पर्ने तर शिविर स्थल सम्म हिडेर आउन नसक्ने र बोकेर ल्याइदिने सहयोगी नभएका १८ जनालाई हेलिकप्टर मार्फत शिविरमा ल्याई शल्यक्रिया गरेको छ ।

सम्पुर्ण शिविर संचालनको लागि तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन मोतिविन्दु परियोजनालले १५ लाख, सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २५ लाख रकम खर्च गरेको छ । यस्तै जिल्ला अस्पताल बझाङ, सेती प्रादेशिक अस्पताल धनगढी र साइपाल गाउँपालिकाको करबि १५ लाख गरी ५५ लाख हाराहारीमा बृहत स्वास्थ्य शिविरमा खर्च भएको छ अब राज्यले यस्ता समस्या भएका सबै स्थानमा देसब्यापी रुपमा अभियान चलाउन आवश्यक देखिन्छ ।