राष्ट्रिय वाणिज्य बैकको कार्ड प्रयोग गर्दा क्यासब्याक हुने


काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैकले दशै एवं तिहारलगायतको पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गते, शनिबारबाट सबै शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि रावा बैंककै पीओएसको माध्यमबाट भुक्तानी सेवा शुरु गरेको छ ।

देशभर राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपियाँ जुन कम हुन्छ सो रकम क्यास ब्याक हुनेछ ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहक तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।

बैंकको हाल सबै जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।