न्युजिल्यान्ड इंग्ल्यान्डविरुद्ध नखेल्ने

0
Shares

लन्डन, (एजेन्सी)
न्युजिल्यान्डले वेम्बलीमा अर्को महिनामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नसक्ने जनाएको छ। इंग्ल्यान्डविरुद्ध हुने उक्त मैत्री खेल यात्रा र खेलाडीको जटिल समस्याका कारण न्युजिल्यान्डले खेल्न नसक्ने न्युजिल्यान्ड फुटबल (एनजेडएफ) ले जनाएको छ। एनजेडएफले भन्यो– ‘टिमका केही खेलाडी घरमा फर्कंदा क्वारेन्टाइन बस्नुपर्ने वा घरभित्र जान नसक्ने हुन्छ। त्यसैले, खेलाडीले सो खेलमा सहभागिता जनाउन नसक्ने भएका हुन्।’
न्युजिल्यान्डले गत नोभेम्बरमा लिथुआनियाविरुद्ध खेलेदेखि हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। न्युजिल्यान्डले यो खेल हारेको थियो। यसै वर्षको मार्चमा ओमान र बहराइनविरुद्धको मैत्री खेल कोभिड–१९ महामारीका कारण रद्द गरिएका छन्।
इंग्ल्यान्ड र न्युजिल्यान्डले एक अर्कासँग नखेलेको ३ दशक बितिसकेको छ। पछिल्लो पटक ८ जुन १९९१ मा वेलिङटनमा यी दुवै टिमले खेलेका थिए। सो खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २–० ले हराएको थियो।