फुर फुर सार्वजनिक



कोरोना कहरका कारण यस वर्षको दशैंमा सिनेमा नखुल्ने भएको छ। तर हल खुले भए पनि नभए पनि निर्माता, निर्देशक शोभित बस्नेतको निर्माणमा बनेको फिल्म लक्ष्मीपूजा भने कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने पक्का भएको छ।

डिजीटल बजारबाट भए पनि रिलीजमा ल्याउने तयारी गरिएको लक्ष्मी पूजाको डान्सिङ नम्बरको गीत फुर फुर पुतली सार्वजनिक गरिएको छ। अंकित न्यौपाने र माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ। गीतमा जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, अस्मिता जुरेलीलगायतलाई प्रस्तुत गरिएको छ। गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र गौतमराज खड्काको सम्पादन छ। सलोन सलिना फिल्म्स्को व्यानरमा निर्माण भएको फिल्ममा समिर मियाको निर्देशन रहेको छ।

फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्