अलिसा कोलम्बसकी कान्छी



कुशल नृत्यांगना शर्मा कोलम्बसको कान्छी बनेकी छिन्। उनी हालै सार्वजनिक भएको एउटा रोचक गीतमा कोलम्बसकी कान्छी भएकी हुन्।
लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली फिल्म तथा गीत संगीत क्षेत्रमा पनि जनाउन थालेको छ। यसै क्रममा कर्नरको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा कोलम्बसकी कान्छी बोलको गीतको भिडियो बजारमा आएको छ।

ओम सुनारले गाएको गीतमा संगीत पनि उनकै छ। गीतको रचना तारा फूयांलले गरेका छन्। नेपाली बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौ। अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ हामी लागि परेका हौं’ सुनील उप्रेती भन्छन्।

मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक स्टार डिमोन क्षेत्रीले अभिनय गरेका छन्। भिडियो नेप आर्ट डिजिटल यूटयुब च्यानलबाट सार्वजनिक गरिएको छ। गोदावरीवरिपरी छायांकन गरिएको चार मिनेट लामो भिडियोको छायांकन र सम्पादन दिपेन बस्न्यातले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्