व्यवसायिक किसानलाई तरकारी खेती तालिम


बासुदेव शर्मा, जाजरकोट ।

कृषि विकास कार्यालय जाजरकोटले मैसमी तथा वेमैसमी तरकारी खेति सम्वन्धि तालिम संचालन गरेको छ । कृषि पेशालाई आधुनिक प्रविधि बनाउन कृषि बिकास कार्यालयले जाजरकोटका सात वटै पालिकाका तरकारी खेती संचालन गरेका अगुवा कृषकलाई जिल्ला स्तरीय तालिम संचालन गरेको छ ।

नेपालमा कृषि पेशा सवै भन्दा जेठो पेशाका रुपमा स्थापित भएकोले कृषि व्यवसायलाई आधुनिक प्रविधि मैत्री वनाउन किसानको आय आर्जन लगायत जीवन स्तर परिवर्तन ल्याउने भएकोले अगुवा कृषक उत्कृष्ट छनौट गरि मैसमी तथा वेमैसमी तरकारी खेती सम्वन्धि तालिमको आयोजना गरेको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटमा करिव ८५ प्रतिशत नागरिक कृषि पेशामा आत्मनिर्भर भएकाले आधुनिक प्रविधि कृषि पेशालाई व्यवसायिक वनाएका नागरिकलाई आत्मनिर्भर गराउन भेरी नगरपालिका, छेडागाड नगरपालिका नलगाड नगरपालिका, शिवालय गाउँपालिका जुनीचाँदे गाउँपालिका र वारेकोट गाउँपालिकाका ७ जना महिला १८ जना पुरुष २५ जना सहभागी भएका छन् । विभिन्न किसिमका आधुनक प्रविधि भित्रिएकोले जानकारी लिए कृषि पेशामा प्रयोग गर्न सहभागीहरुलाई कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले वताउनुभयो ।

हाईटेक नर्सरी, विउ उत्पादन प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका मैसमी तथा बेमैसमी खेति पद्धति रोग किरा पहिचान तथा व्यवस्थापन लगाएत किसानलाई चाहिने सिप ज्ञानको जानकरी गराउने जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्राविधिक सहायक लाल बहादुर भण्डारीले वताउनु भयो ।

आधुनिक प्रविधि खेतीले नागरिकको जीवन स्तरमा सुधार ल्याउने आर्थिक बृद्धीदर वढाउने तरकारीमा रोग किरा लागे किसान आफैले रोगकिरा व्यवस्थापन गर्न सक्ने विउ उत्पादन मैसमी तथा वेमैसमी तरकारी खेतीका लागीसहभागीहरुको सिप क्षमता दक्षता वढाउने विरेन्द्र अधिकारीले वताउनु भयो ।

कृषि पेशामा संलग्न किसानको लागी कृषि विकास कार्यालय जाजरकोटको जतिवेला पनि खुल्ला रहेकोले आवश्यक सुचना निरन्तर प्रवाह गरेकोसुचना अधिकारी टोपेन्द्र नेपालीले वताउनु भयो ।कृषि पेशालाई आधुनिक व्यवसायीक प्रविधि अर्थपुर्ण बनाउन किसानको क्षमता विकास गरी आयआजर्नमा सुधार ल्याउनजाजरकोटका सात वटै पालिकाका अगुवा कृषकहरुलाई जिल्ला स्तरिय तालिमको आयोजना गरिएको हो ।