विकटका नागरिकको जीवन तुइनकै भरमा


वासुदेव शर्मा, जाजरकोट

प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा तुइन विस्थापन गर्ने घोषण गरे पनि दुर्गम जाजरकोटका विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर नागरिकले नदी वारपार गर्ने गरेका छन् ।

ठूूला खोला र भेरी नदी वारपार गर्न नागरिकहरु तुइनबाटै जोखिम मोलेर आवत–जावत गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा दुई वर्षभित्र तुइन विस्थापित गर्ने घोषणा गरे पनि दोस्रो कार्यकालको तीन वर्ष बित्नै लाग्दा तुइन भने अझै विस्थापित भएका छैनन् ।

२०७२ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रधानमन्त्री ओलीले तुइन विस्थापित गर्ने निर्णय गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७२÷०७३ को बजेट भाषणमा पनि तुइन विस्थापित गर्ने घोषणा गर्नुभएको थियो पश्चिम जाजरकोटको शिवालय गाउँपालिका–१ छेडागाड तरेर छेडागाड नगरपालिका कार्कीगाउँ जान शिवालय–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा तुइनबाटै नागरिक वारपार गर्ने व्यवस्था छ ।

जाजरकोटको पूूर्वी क्षेत्रमा पर्ने नलगाड नगरपालिका–१ ठूूलाबगर र ८ मैदे मालुवातराबाट भेरी नदी तरेर रुकुम जान नागरिक तुइनबाटै वारपार गर्ने गरेका छन् ।

शिवालय गाउँपालिका–१ का मनवीर पुनले कामका लागि नदी तरेर पारी जानुपरे तुइनकै सहारा लिनुपर्ने बताउनुभयो । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनबाट वारपार गर्नुपर्ने उहाँको भनाइ छ ।

झोलुङ्गे पुलका लागि पटक–पटक माग गर्दा पनि सरोकारवाला निकायबाट सुनुवाइ नहुँदा जोखिम मोलेरै तुइनबाटै वारपार गर्नुपरेको स्थानीय पुनले गुनासो गर्नुभयो ।

शिवालय गाउँपालिका–१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड खोला तर्न स्थानीय नागरिकले वर्षौंदेखि तुइनकै सहारा लिने गरेका छन् ।

तुइन नहुुँदा छेडागाड तर्न निकै समस्या हुन्थ्यो वर्षात्को समयमा ३ घण्टा टाढा हिँडेर मोर्क गएर पुल तर्ने गथ्यांै छेडागाड नगरपालिका–१२ कार्कीगाउँका भक्त खत्रीले बताउनुभयो ।

चिन्डा, नाउ डुङ्गालगायतका साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाउने गरेका थिए । २५ वर्षअघि तुइन बनपछि जोखिम भए पनि केही सहज भएको महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुने गरेको बताउनुभयो ।

नलगाड नगरपालिका–१ ठूूलाबगरका नागरिक वर्षौंदेखि तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । विद्यार्थी, वृद्धवृद्धालगायतले तुइनकै भरमा नदी वारपार गर्ने गरेका छन् । ठूूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायतका गाउँका १ सय भन्दा बढी घर–परिवार स्थानीय प्रविधिबाट निर्माण गरिएको तुइनबाटै वारपार गर्न बाध्य भएका छन् ।

नलगाड नगरपालिका–८ मैदे मालुवातरामा तुइनदेखि करिब १ सय मिटर तल पुल निर्माण भएको पुलदेखि ५० मिटर माथि पुल निर्माण गर्ने अवस्थामा रहेको नगर प्रमुख रावलले बताउनुभयो ।

नलगाड नगरपालिका–१ ठूूलाबगरमा झोलुङ्गे पुल नहुँदा स्थानीय जोखिम मोलेरै तुइनबाटै आवत–जावत गर्ने गरेको नागरिकहरूले गुनासो गर्ने गरेकाले आफूूले उक्त स्थानमा पुल निर्माणका लागि प्रदेश सरकार, संघीय सरकारलगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गरेको सरोकारवाला निकायले सुनुवाइ नगरेको बताउनुभयो ।

सरोकारवाला निकायबाट अहिलेसम्म सुनुवाइ नहुँदा नागरिक जोखिम मोलेरै तुइनबाटै वारपार गर्ने गरेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

उता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले नलगाड नगरपालिका–१ ठूूलाबगरमा तुइन भएको स्थानदेखि १ सय ५० मिटरको दूूरीमा नलगाड–८ मालुवातरामा १ सय मिटरको दूूरीमा पुल निर्माण भएको बताउनुभयो । नागरिक पुलबाटै वारपार गरेको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

नलगाड नगरपालिका–८ मालुवातरामा केही समयअघि पुल निर्माण भएको तर काम गर्ने मजदुरले ज्याला नपाएको स्थानीय सरिता सिंहले बताउनुभयो ।

नलगाड–८ को तात्रगाड नजिक भेरी नदिमा पुल नहुँदा मंसिरदेखि वैशाखसम्म घाँस–दाउरालगायत गाईबस्तुलाई चरिचरणका लागि भेरीमैडोरी लगाएर वारपार गर्ने गरेका छन् ।

पुल भएको स्थानमा आउन करिब ४ किलो मिटर लाग्ने भएकाले डोरीको भरमा जोखिम मोलेर वारपार गर्ने गरेको सिंहको भनाइ छ ।