- माधव अधिकारी (झबिन्द्र) ।
कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिन शुरुवाती दिनहरुमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै अन्तर्राष्ट्रिय नाकामा विशेष परीक्षण हेल्प डेस्क नै चलाएको थियो । चीनको वुहानबाट पैदा भई फैलिएको भाइरस नेपालमा प्रवेश हुन नदिन सरकार जति लागे पनि त्यो अन्ततः असफल भयो ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भनिएको कोरोना हालसम्म पुरै विश्वलाई नै आक्रमण गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुवातको समयमा भनेको एउटा कुरा विदेशमा अलपत्र नेपनली नागरीकलाई आवश्यक पर्दा उद्धार गर्नुपर्ने हुनसक्छ। त्यसको लागि सरकार तयार छ। उहाँहरूलाई नेपाल ल्याएपछि खुरूखुरू परिवारमा पठाउने होइन। १४ दिन क्वारेनटाइनमा राखेपछि खतरा छैन भन्ने भएमा परिवारमा पठाउन मिल्छ….।
त्यसको एक महिना पछि चैत्रमा नेपालमा पनि एक जनामा कोरोना पुष्टी भयो । अब भने कोरोना नेपालमा नि फेलिन लाग्यो है भनेर सरकारले थप सावधानी अपनाउन थाल्यो । अनि चैत्रको १० गते राती १२ बजेदेखि लागु हुने गरि देशभर लकडाउन गर्यो ।
लकडाउनको अबधि एक साता, एक महिना हुँदै करिब सात महिनासम्म पु¥यायो । यो अवःथामा विषेशः गरी सर्बहारा वर्गहरू जुन बिहानबेलुका पेट भर्नका लागि साहुको काम गर्नुपर्ने हुन्छ तिनैलाई उठ्नै नसक्नेगरी सुताइदियो यो लकडाउनले…..
कोरोना भाइरस रोग ‘कोभिड १९’ तीव्र रुपमा फैलिएर संक्रमण पुष्टि मृत्युका घटनाहरू द्रूत रूपमा बढ्दै वर्तमानमा ५ सय भन्दा पुगेका छन्। साउन ६ पछि कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरू ४० बाट करिब २.५ गुणा वृद्धि भई हाल ५ सय बढी पुष्टि भएका छन्।
विगत हप्तामा ३८ कोरोना संक्रमण पुष्टि मृत्युका घटनाहरू पुष्टि भएका छन्, जुन संक्रमणमा ०.७८ प्रतिशत हुन आउँछ र यो बढ्दो गतिमा देखिएको छ। दिनप्रतिदिन बढ्दै गइरहेको मृत्युका घटनाहरूले वर्तमानमा कोरोनाको जोखिम उच्च बिन्दुमा रहेको सजिलै आँकलन गर्न सकिन्छ। असासेज २५ गतेसम्म्काे तथ्यांक हेनेर् हाे भने नेपालमा मृतकको संख्या ६३६ पुगेको छ। जसलाई तलको लेखाचित्रले अझै प्रष्ट पारेको छ।
2020-10-11 मा गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार
Total Recovered, Total Active & Total Deaths Cases
-covid19.mohp.gov.np
कोरोनाको तीव्र संक्रमणबाट हाल नेपालको जनस्वास्थ्य, आर्थिक, र सामाजिक क्षेत्रहरूलाई आन्क्रान्त पारेको देखिन्छ। अहिले कोरोना प्रसारण र संक्रमण दक्षिण एसियामा ‘रेड जोनुमा छ। कोभिड-१९ को ताजा तथ्याङ्कलाई विश्लेषण गर्दा संक्रमितको सङ्ख्याको आधारमा श्रेणीकरणमा विश्वमा नेपाल ४५ स्थानमा, बाङ्लादेश सोह्रौं स्थानमा, पाकिस्थान २१ स्थानमा र भारत दोस्रो स्थानमा छन् भने अमेरिका पहिलो स्थानमा छ .
नेपालमा कोरोनाको तथ्याङ्कलाई विश्लेषण गर्दा २०७६ माघ दोस्रो हप्ताको सुरूमा चीनबाट आएका व्यक्तिमा कोरोना पुष्टि भएपश्चात् करिब सात महिनापछि कोरोना संक्रमण घटनाहरू दिनप्रतिदिन उकालो लागेको छ।
अबस्था कसरी बढेको छ ?
नेपालमा कोरोनाको पहिलो संक्रमणबाट दस वटा संक्रमितको सङ्ख्या पुग्न ८० दिन (२०७६ चैत ३०), सय संक्रमितको सङ्ख्या पुग्न १०७ दिन (२०७७ वैशाख २७), एक हजार संक्रमितको सङ्ख्या पुग्न १२७ दिन (२०७७ जेठ १६), र पाँच हजार संक्रमितको सङ्ख्या पुग्न केवल १४१ दिन (२०७७ जेठ ३०) मात्र लाग्यो।
साँच्ची नै दस हजार संक्रमितको सङ्ख्या पुग्न १५२ दिन, बीस हजार पुग्न १९२ दिन र तीस हजार पुग्न केवल थप १९ दिन मात्र वा २११ दिन (२०७७ भाद्र ५), तर एक लाख पुग्न त्यति समय लागेन ।
त्यसकाे तीस हजार पुगेकाे ठीक ३० दिनमा तीस हजारबाट संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए (२०७७ असाेज २५ ) ।
(हेर्नुहोसः स्वास्थ्य मन्त्रालयको दैनिक तथ्यांक अनुसार असोज २५ गतेसम्म भएको कोरोना वृद्धीदर तलको लेखाचित्रले अझै प्रस्ट पारेको छ)।
Showing data from 2020-09-21 / 2020-10-11
यो किसिमको वृद्धिलाई हेर्ने हो भने कतै कोरोना नेपालमा समुदायक प्रसारणको चरणमा डडेलोझैं फैलिरहेको अवस्थामा पुगिसकेको हो भन्ने पूर्वानुमान गर्न सकिने प्रश्न चिन्न उतिकै रूपमा औंलाउने समय आएको छ।
कोभिड–१९ महामारीले पछिल्लो नौ महिनादेखि संसार आक्रान्त छ । नेपालमा चैत पहिलो सातादेखि शुरु गरिएको बन्दाबन्दी र निषेधाज्ञाको बाबजुद संक्रमितको संख्या अस्वाभाविक ढंगले झण्डै एक लाखको हाराहारीमा पुगेको छ । मृत्यु हुनेको संख्या पनि पाँच सय नाघेको छ । सक्रिय संक्रमितको संख्या समेत २१ हजार नाघिसकेको छ ।
यसबीच सरकारले कोरोना रोकथामको लागि गरेको व्यापक पहलमा अरबौं रूपैयाँ खर्चेको बताएको थियो । तर, उक्त रकमप्रति सर्वसाधारण आश्वस्त नभएको सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाले नै पुष्टि गर्दछ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संक्रमण रोकथामको लागि अग्रभागमा खटिने सबैलाई आकर्षक रकम प्रदान गर्ने घोषणा गरेको सरकारले उक्त रकम हालसम्म पनि उपलब्ध नगराएकोमा उनीहरूले दुःखेसो पोखेका छन् ।
सरकारले चैतदेखि साउन मसान्तसम्मको पाँच महिनामा मात्र झण्डै १२ अर्ब रूपैयाँ खर्च गरेको बताएको छ । त्यसमध्ये असार मसान्तसम्म मात्रै ११ अर्ब ८७ करोड रूपैयाँ खर्च भएको थियो । प्रदेश सरकार र स्थानीय निकायले गरेको खर्चमध्ये दोहोरो पर्न गएको रकम नै करिब डेढ अर्ब रहेको उल्लेख छ ।
संघीय सरकारको सञ्चित कोषबाट साउन मसान्तसम्म ५ अर्ब ८४ करोड रूपैयाँ खर्च भएको देखिन्छ । त्यसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ अर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख ५० हजार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख, शहरी विकास मन्त्रालयले १ करोड २९ लाख र कोभिड कोषबाट १ अर्ब ३ करोड रूपैयाँभन्दा बढी खर्च गरिएको थियो ।
त्यसैगरी, औषधी र स्वास्थ्य सामग्री खरिदमा भएको खर्च रकम १ अर्ब ७५ करोडभन्दा बढी, स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोडभन्दा बढी, जनशक्ति परिचालनमा पौने ६ करोड, क्वारेण्टिन व्यवस्थापनमा पौने ५ करोड र अन्य शीर्षकमा सवा करोड गरी ४ अर्ब ८१ करोड रूपैयाँभन्दा बढी चैतदेखि साउन मसान्तको पाँच महिनामा खर्च भएको थियो ।
उता, प्रदेशगत रूपमा प्रदेश नं. १ ले अघिल्लो पाँच महिनामा कोरोना रोकथामको निम्ति गरेको खर्च २० करोड ७१ लाखभन्दा बढी, प्रदेश नं. २ ले १७ करोडभन्दा बढी, बागमतीले १३ करोड ६७ लाख, गण्डकीले १८ करोड ५४ लाख, प्रदेश नं. ५ ले १० करोड ५९ लाख, कर्णालीले २६ करोड २६ लाख र सुदूर पश्चिम प्रदेशले ४२ करोड ८८ लाख गरी १ अर्ब ४९ करोड ७० लाख रूपैयाँभन्दा बढी खर्च गरेका छन् ।
सबै स्थानीय तहले गरेको एकमुष्ठ खर्च रकम ६ अर्ब २ करोड ८१ लाख रूपैयाँभन्दा बढी देखिएको छ । यसबीचमा कोभिड–१९ महामारी रोकथामको लागि संघ, प्रदेश र स्थानीय तहले जोहो गरेको स्रोत व्यवस्थापनको कूल रकम १३ अर्ब ३७ करोड ३१ लाख रूपैयाँभन्दा बढी देखिन्छ ।
संक्रमण थप फैलदै
सरकारले लक्षण नभएका कोरोना संक्रमितको पिसिआर परीक्षण नगर्ने नीति लिएपछि संक्रमण थप फैलन थालेको छ। विज्ञ चिकित्सकहरूकाअनुसार लकडाउन र निषेधाज्ञा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको र शंकास्पद व्यक्तिहरू पनि परीक्षण नगरी हिँड्न थालेका कारण खतरा बढेको छ।
विगतमा कोरोनाका शंकास्पद व्यक्तिहरूको पीसीआर परीक्षण गर्ने र पोजेटिभ देखिए उनीहरूसँग सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरिन्थ्यो। कोरोना पोजेटिभ देखिएकामाथि सुरक्षाकर्मीले समेत निगरानी गर्ने गर्दथे।
‘तर अहिले लक्षण नभएकालाई परीक्षण नै नगर्न सरकारले निर्देशन दिएको छ,चाडवाड सुरु भएसँगै गाउँ, घर, बजारको चहलपहल बढन थालेसँगै वृद्धवृद्धादेखि दीर्घरोगीसम्म तीव्र गतिमा कोरोना फैलन थालेको भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका फिजिसियन डाक्टर भोजराज अधिकारी बताउँछन।
तर लकडाउन खुलेपछि लक्षण नभएका संक्रमितको संख्या बढेर ८० प्रतिशत पुगेको, हल्का लक्षण भएका र आइसियू, भेन्टिलेटर नै आवश्यक पर्ने संक्रमितको संख्या १०/१० प्रतिशत पुगेको छ। यो असाध्यै जोखिमपूर्ण अवस्था हो । यो तथ्यांकले कोरोनाभाइरस बोकेर डुल्नेको संख्या निरन्तर बढिरहेको देखाउँछ। सरकारले लक्षण नभएका व्यक्तिलाई सरकारी ल्याबमा परीक्षणको अनुमति दिएको छैन। आशंका हुने कतिपयले निजी ल्याबमा शुल्क तिरेर परीक्षण गराउने गरेका छन्।
पछिल्ला दिनमा आइसियू र भेन्टिलेटरको आवश्यकता पर्नेहरू संक्रमितहरूको संख्यामा ५० वर्षभन्दा माथिका, कलेजो, फोक्सो, मुटु, मिर्गौलाको समस्या, निमोनिया, दमलगायतका रोग भएका संक्रमितको संख्या बढ्न थालेको अध्ययनले देखाएको छ ।
हेर्नुहाेस उमेरअनुसार संक्रमितकाे अवस्था…
लक्षणसहित आउने संक्रमितको संख्या बढ्न थाले पनि अस्पतालले आइसियू र भेन्टिलेटरमा सेवा दिन नसकेको पाइएको छ । नजानिँदो रूपमा आफन्तहरूबाटै संक्रमित भएका बिरामीहरु अस्पतालमा आउने गरेको स्वास्थ्यकर्मीहरू बताउने गरेका छन ।
अस्पतालहरूले कोरोनाका शंकास्पद बिरामीहरूलाई पनि सरकारी अस्पताल तथा मेडिकल कलेजहरूमा रिफर गर्ने गरेका छन् भने ठूला अस्पतालहरूले बिरामीको चापलाई थेग्न नसक्दा जटिल अवस्थाका बिरामीलाई अस्पतालहरूमा रिफर गर्दै आएका छन्। सक्रिय संक्रमितहरूमध्ये ७० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाउँछ। होम आइसोलेसनमा रहेकाहरूमार्फत अन्य व्यक्ति अझ खतरामा पर्न सक्छन । उनीहरूले औषधि, उपचार केही पनि पाएका छैनन्, कसरी बस्दैछन् भन्ने विषयमा निगरानी पनि कमै छ।
शुरुवातमा कोरोनाको जोखिम न्युन देखिएको काठमाडौँ उपत्यकामा पछिल्लो समयमा कोरोनाले सबैभन्दा धेरै असर पारेको छ । उपत्यकामा दिनहुँ कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । त्यसैले अन्य ठाउँको हिसाबले यहाँ ठुलो मात्रामा रकम सकिनु कुनै नौलो कुरा भएन । काठमाडौँ उपत्यकालाई हेर्ने हो भने सबैभन्दा बढी काठमाडौँ जिल्लामा कोरोना भाइरस फैलिएको छ । काठमाडौँ महानगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट छुटटाएको थियो कारोना संक्रमण फैलिएको यो अवधिमा करिबकरिब ९ करोड खर्च भएको तथ्याकं यहि असोज १५ गते सार्बजनिक गरेको छ ।
सोही क्रममा काठमाडौँ महानगरने कोरोना रोकथाममा के कति खर्च गरेको छ , हेरौं चैत देखि भदौ मसान्तसम्म भएको खर्च विवरण लेखाचित्रमाः
बेसार र नुनपानी
प्रधानमन्त्री केपी ओली न डाक्टर हुन न उनी कुनै भाइरोलोजिष्ट नै तर कोरोना संक्रमणको प्रसंग आउँदा पटक–पटक भन्ने गरेका थिए्, ‘तातो पानी खानुस् । बेसार पानी खानुस् । कोरोना ठिक हुन्छ ।’ ओलीको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा उनको खिल्ली उडाइयो । सँगसँगै उनले ‘उच्च मनोवल बनाएमा कोरोनाले लान नसक्ने भन्दै आएका छन । अब कोरोना लाग्यो । म त मर्छु होला भनेर बस्यो भने चाहिँ बाँच्न गाह्रो छ ।’ यो केपी ओलीको भनाइ हो । सामाजिक सन्जालमा ओलीको भनाइलाई लिएर खिल्ली उडाउने मात्र नभएर नेपाली लोक पप बेसार पानीले भन्ने गीत पनि निस्कीयो ।
अंग्रेजीमा टर्मेरिक पाउडर भनिने बेसारको औषधीय गुणका बारेमा जानकारहरू वा यसको नियमित प्रयोगकर्ताहरूले भने प्रधानमन्त्री ओलीको भनाइमा सत्यता भएको स्वीकारेका छन् । ओलीले भन्नुभएको थियो– ‘हामी अधिकांशले सुख्खा खोकी लाग्दा बेसार पानी खाएका छौँ होला । त्यस्तै घाँटी दुख्दा पनि बेसार र नुनपानीले मुख कुल्ला गर्ने तथा खाने गरेका छौँ होला । डाक्टरले सिफारिस गरेका अनेकौँ एलोपेथिक औषधि खाँदा पनि ठिक नभएका सुख्खा खोकीका बिरामी बेसार पानी खाएकै कारण ठिक भएका पनि धेरै छन् ।’
गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण
कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँमा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ। रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन भन्दै गुर्जाे सेवन गर्ने क्रम बढेको हो।
गाउँमा घर वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो अहिले सहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ। नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताए।
‘रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जा सेवन गर्न थालेको भण्डारीले जानकारी दिए।
कोरोना सङ्क्रमणबाट मुक्त भएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले होम आइसोलेसनमा बस्दा नियमित गुर्जोको रस पिएको जानकारी दिए। ‘सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बस्दा नियमित रूपमा गुर्जोको रस, बेसार पानी, कागती पानीको सेवन र शारीरीक व्यायाम गरें,’ उनले भने, ‘अहिले निको भएपछि पनि गुर्जो नियमित सेवन गर्ने गरेको छु।’
कोरोनाको सङ्क्रमणपछि गुर्जोप्रति आकर्षण बढेको जिल्ला आययुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख डा। रामप्रवोध मण्डलले गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने जानकारी दिए।
‘कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो। गुर्जोको सेवनले नकारात्मक असर गर्दैन। गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर अन्य रोगका बिरामीले पनि सेवन गर्न सक्ने उनले जानकारी दिए।
‘कोरोना निको पार्ने औषधि बनेको छैन, कोरोना निको पार्ने भ्याक्सिन बनाउन विकसित मुलकको प्रतिस्पर्धा चलिरहे पनि अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भइहालेमा रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुको विकल्प छैन । त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पति गुर्जोको सेवनकर्ता बढ्न थालेका छन्।न कोरोना सङ्क्रमण भएर आइसोलेसनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेका व्यक्तिले मात्रै नभएर अरूले पनि रोग प्रतिरोधात्मक क्षमता बढाइ सङ्क्रमण हुन नदिन गुर्जोको रस र धुलो सेवन गर्ने गरेका छन्। औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो। –नागरीक खबरको सहयोगमा ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै गुणात्मक रूपमा बढिरहेको छ । निश्चय पनि यो शुभसंकेत होइन । विश्व बैंकले विश्वको अर्थतन्त्रमा डेढ शताब्दीयताकै ठुलो क्षति भएको बताएको छ । याे काेराेनाका कारण नेपालको पनि अर्थतन्त्र डामाडोल भएको छ । मानिसमा घोर निराशा उत्पन्न भएको छ ।
प्रतिक्रिया