मुम्बई इन्डियन्स जितसँगै शीर्ष स्थानमा

0
Shares

दुबई, (एजेन्सी)
आईपीएलको १३औं सिजनको २७औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ।
योसँगै लगातार चौथो जित हात पारेको मुम्बई अंक तालिकामा १० अंकसहित शीर्ष स्थानमा समेत उक्लिएको छ। पराजित दिल्लीको पनि १० अंक नै रहेको छ। मुम्बईको जितमा क्विन्टन डिकाक र सँर्यकुमार यादवले समान ५३ रनको योगदान दिए। आईपीएलमा १२औं अर्धशतक प्रहार गरेका डिकाक म्यान अफ द म्याच घोषित भए।
खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले १ सय ६३ रनको मध्यम लक्ष्य दिएको थियो। त्यसको जवाफमा डिफेन्डिङ च्याम्पियन मुम्बईले ५ विकेट गुमाएर २ बल बाँकी राखी लक्ष्य प्राप्त गरेको थियो। ओपनर डिकाकले ३६ बलमा ५३ रन जोड्दा सँर्यकुमारले ३२ बलमा ५३ रनको इनिङ खेलेका थिए। यस्तै, ईशान किसनले १५ बलमा २८ रन जोडे। दिल्लीका लागि कागिसो रबाडाले सर्वाधिक २ विकेट लिएका थिए।
मुम्बईको तर्फबाट रोहित शर्माको यो १ सय ५०औं आईपीएल खेल हो। आईपीएलमा किरोन पोलार्डले मुम्बईबाट खेल्नेमा सर्वाधिक १ सय ५५ खेल खेलेका छन्। रोहितले ५ रन मात्रै बनाए तर आईपीएलमा समग्रमा उनले १ सय ९५ खेल खेलेका छन्। उनले आईपीएलको करियरमा एक शतक र ३८ अर्धशतकसहित ५ हजार १ सय १४ रन बटुल्न पुगेका छन्।
दिल्लीको ब्याटिङमा ओपनर शिखर धवन र श्रेयस अ्यरले सानदार खेल देखाए। उनीहरूले तेस्रो विकेटका लागि ८५ रन साझेदारी गरेर टिमलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए। धवनले ६९ रन बनाए भने अ्यरले ४२ रन जोडे। धवनले आईपीएलमा ३८औं अर्धशतक लगाएर विराट कोहली, रोहित शर्मा र सुरेश रैनासँग बराबरी गरेका छन्। उनले लिगमा छक्काको शतक पनि पँरा गरेका थिए। मुम्बईको बलरमा क्रुणाल पाण्डेले सर्वाधिक २ विकेट लिए।