नेपालको अर्थव्यवस्थामा कोरोनाको कठोर प्रहार


काठमाडौं (नेस)

विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदन अनुसार कोरोना संक्रमण पछिको लकडाउनले आर्थिक गतिविधि र गरी पर्यटन क्षेत्रमा नराम्रो असर पुर्याएको जनाएको छ ।
कोरोना संक्रमणपछिको अवरोधका कारण २०२०मा ० दशमलव २ प्रतिशत मात्र रहेको नेपालको आर्थिक वृद्धि सन २०२१मा बढेर०दशमलव ६ प्रतिशत पुग्ने अनुमान बैकले गरेको छ।
बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षा अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हाल सम्मकै सुक्ष्म मन्दीमा डुबेको छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन । लाखौ ंदक्षिण एशियालीहरु चरम गरीबीमा धकेलिदैं गएको पनि बैकले जनाएको छ ।
पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन २०२०मा ७.७प्रतिशतले संकुचित हुने आँकलन सहितको उक्त प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तीब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ। सन२०२१मा क्षेत्रिय वृद्धि ४ दशमलव ५ प्रतिशत रहने अनुमान बैकले गरेको छ।
जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन २०१९मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहने बताइएको छ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपुर्ति गर्ने छैन भन्ने यसले संकेत गरेको बैकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
अघिल्ला मन्दीहरूमा खस्कदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए। जसका कारण गरिबी को दर बढ्ने प्रतिवेदनमा उल्लेख छ। विप्रेषणमा आएको गिरावटले पनि अतिविपन्नहरूले तीब ्रगतिमा आय श्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको पनि बैकले जनाएको छ ।
कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपाल भरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसलाई सबैभन्दा गम्भिर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,–माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले दावी गर्नुभएको छ । उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नकालागि शिध्र कार्य आवश्यक भएको पनि उहांले उल्लेख गर्नु भएको छ ।
साथै, भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तिय पहुँचलाइ बढावा दिदैं द्रुतगतिमा पुनर्लाभ प्राप्त गर्नका लागि लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक भएको जर्भोसले उल्लेख गर्नु भएको छ ।
नेपालमा अनौपचारिक व्यवसायहरूमा करिब ५०प्रतिशत उद्यमहरू पर्छन । यी उद्यमहरू अधिकांश श्रमजीविको कमाईको मुख्य स्रोतका रुपमा रहेका छन। यस समूह मध्ये, शहरी अनौपचारिक क्षेत्रका कामदार र शहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा परेका छन ।
सन्चालकहरूले लकडाउनको क्रममा घरमै बस्ने र भोकमरीको सामना गर्ने वा संक्रमणको जोखिम मोल्दै व्यवसाय चलाउने भन्ने जस्ता कठिन विकल्पको सामना गरीरहेका छन । यी परिदृश्यले वित्तिय कठिनाइका साथ कोभिड–१९कोसंक्रमण फैलन सक्छ ।
उक्त प्रतिवेदनले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका साथै अझ बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पुर्याउने नीतिहरूको विकास गर्न आग्रह गरेको छ ।
यसका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वित्त पोषणको सुरक्षाले सरकारलाई पुनरूत्थानको गति बढाउने महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने दावी गरिएको छ । यदि दक्षिण एशियाली राष्ट्रहरूले डिजिटल प्रविधिको पहुँचमा सुधार र श्रमिकलार्इ अनलाइन प्रणालीको फाइदा लिन सहयोग गरेको खण्डमा दीर्घकालीन अवधिका लागि डिजिटल प्रविधिले अनौपचारिक कामदारका लागि नयाँ अवसर सिर्जना गर्न, दक्षिण एशियालाई अझ प्रतिस्पर्धी र अझ राम्रोसँग बजार एकीकृत बनाउनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विकासशील देशका लागि आर्थिक कोष र ज्ञानको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको विश्व बैंक समूहले विकासशील राष्ट्रहरूलाई यस महामारी विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ।
हामीले सार्वजनिक स्वास्थ्य सम्बन्धि कार्यक्रमलाई सघाईरहेका छौं, महत्वपूर्ण सामाग्री तथा उपकरणहरूको आपुर्ती सुनिश्चित गर्न कार्यरत छौं, र निजी क्षेत्रलाई आफ्ना काम सञ्चालन गर्न र रोजगारीको निरन्तरता दिन मद्दत गरिरहेका छौं बिश्व बैकको प्रतिवेदनमा उल्लेख छ। विपन्न तथा जोखिममा रहेका समुदायको संरक्षण गर्न, मानव श्रोत विकास गर्न,व्यवसायहरूलाई सघाउन, र आर्थिक क्रियाकलापलाई गति दिन १५ महिना सम्मका लागि १०० भन्दा धेरै राष्ट्रहरूमा अनुदान तथा सहुलियत पूर्ण ऋणका रुपमा १ अर्ब ६० करोड अमेरिकी डलर भन्दा बढि रकम प्रवाह गरिने बैकले जनाएको छ ।