न्युयोर्क, (एजेन्सी)
अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डको एउटा प्रयोगशालामा नयाँ कोरोना संंक्रमित पालैपालो मेचमा बसेर आफ्नो अनुहार एउटा ठूलो कोणको पुछारमा घुसाउँछन्। तिनीहरू त्यहाँ शब्द पढ्छन् र गाउँछन् वा आधा घण्टासम्म चुपचाप बस्छन्। कहिलेकाहीं तिनीहरू खोक्छन् पनि।
यो ‘गेस्युन्धेइट २’ नामक उपकरणको एक भाग हो। यसले ‘कोभिड–१९ भाइरस कसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने महŒवपूर्ण प्रश्नमाथि अध्ययन गरिरहेको वैज्ञानिकले बताएका छन्।
यसमा संक्रमित व्यक्तिको शरीरबाट निस्केको साना तरल कणहरू नाचिरहेको देखिन्छन्। मानिसले खोक्दा, हाच्छिउँ गर्दा, गाउँदा, चिच्याउँदा, कुरा गर्दा र सास फेर्दासमेत यस्ता कणहरू फाल्ने गर्छन्। तर, ती जलीय कणहरू विभिन्न आकारका हुन्छन्। वैज्ञानिकले आकारअनुसारको तिनीहरूको खतरा मापन गर्ने प्रयास गरेका छन्।
यसको सही उत्तर मानिसलाई संक्रमित हुनबाट रोक्न सहयोगी सावित हुन सक्छ। मानिसलाई संक्रमित हुनबाट जोगिन कम्तीमा दुई मिटरको दूरी कायम गर्न निर्देशन दिइएको छ। तर, यदि वाष्प कणहरू ठूलो भएको खण्डमा चाँडै भुइँमा खस्ने हुनाले त्यस्तो अवस्थामा मानिसबीचको एक मिटरको दूरी पनि सुरक्षित नै हुने बताइएको छ।
यस्ता कण स्वस्थ व्यक्तिले सास लिँदा वा तिनका नाक, आँखा वा मुखमा पर्दा संक्रमण हुने सम्भावना रहन्छ। तर, केही वैज्ञानिकले हाल चुरोटको धुवाँजस्तै सजिलै छिटो फैलिने निकै साना वाष्प कणमाथि ध्यान केन्द्रित गरेका छन्। कणलाई हावाले उडाउने हुन्छ। यदि, कोठामा भेन्टिलेसनको व्यवस्था राम्रो नभएको खण्डमा उक्त कण केही मिनेटदेखि घण्टौंसम्म कोठाभरि फैलिएर रहने सक्ने बताइएको छ।











प्रतिक्रिया