पुस्तक वितरणमा रोक लगाएकै हो : शिक्षामन्त्री

0
Shares

काठमाडौं, (नेस) ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालको भूभाग र सीमासम्बन्धी विषयमा उल्लेख गरी प्रकाशित किताब वितरणमा रोक लगाएको स्वीकार्नुभएको छ । मन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठकले सो पुस्तक वितरणमा रोक लगाइएको जानकारी दिनुभयो ।

नेपाल समाचारपत्रले सोमबार पुस्तक बिक्रिमा रोक लगाएको विषयमा समाचार प्रकाशित भएपछि चर्चामा आएको यस विषयमा अहिले हरेक सभामा मन्त्री पोखरेलले जबाफ दिनुपर्ने भएको छ । मन्त्रालयमा मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले पुस्तक वितरणमा रोक लगाएको स्वीकार गर्नुुभएको हो ।

मन्त्री पोखरेले आफै संयोजक भएर निकालेको पुस्तक विवादित भएपछि उहाँ असजिलोमा पर्नुुभएको छ । पुस्तकको विषयमा नापी विभागले समेत आपत्ति जनाएकोको छ । स्रोतका अनुसार पाठ्यक्रम विकास केन्द्रले पुस्तकको विषयमा निर्णय गरेपनि छपाइ भने अज्ञात प्रेसलाई दिइएको थियो ।

अन्य पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई जिम्मा दिनुपर्नेमा मन्त्री पोखरेलको सचिवालयले सुटुक्क निजी प्रेसलाई सो जिम्मेबारी दिएको थियो । झुटो विवरण सहितको पुस्तक प्रकाशित भएपछि भुमी व्यवस्था मन्त्रालयले ३५ बुदे त्रुटि औल्याएको थियो ।