टिचिङ लाने भन्दै डा. केसीलाई ट्रमा सेन्टर पु-याइयो,अनसन निरन्तर

0
Shares

नेपाल समाचारपत्र,काठमाडौ ।

चिकित्सा शिक्षा र जनस्वास्थ्यको पक्षमा पटक–पटक आमरण अनसन बसी केही हदसम्म सुधार गराउन सफल डा.गोविन्द केसी जुम्लाबाट काठमाडौं ल्याइएपछि प्रहरी ट्रमा सेन्टरमा पु¥याइनुभएको छ ।

विगत ९ दिनदेखि जुम्लामा अनसनरत डा. केसीलाई प्रशासनले मंगलबार काठमाडौंमा अवतरण गरायो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारले सोमबार उहाँलाई ‘जबरजस्ती’ कर्णाली अस्पताल पुर्याएको थियो । त्यहाँ रहँदा १५औं श्रृंखलाको अनसनमा जस्तै तनाबको सिर्जना हुने देखेर उहाँ राजधानी फर्किन सहमत हुनुभयो ।

‘उहाँ त्रिभुवन विमानस्थलमा झर्दा सरकारको निर्देशनको पालना गर्दै सुरक्षाकर्मीले पुनः अपहरण शैलीमा एम्बुलेन्सबाटै लछारपछार पार्दै भैमा झारे, त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्सबाटै डा.केसीलाई सरकारले वीर अस्पतालस्थित ट्रमा सेन्टर पुर्याएको छ’ डा. केसीद्वारा सुरु गरिएको अभियानमा प्रारम्भदेखि लागेका एक सहायकले नेपाल समाचारपत्रलाई बताए ।

सोमबार उहाँलाई जुम्लाबाट नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । उहाँले आमरण अनसन जारी राख्ने अडान राख्दै भेरी अस्पतालको आईसीयूमा उपचार गर्न मान्नुभएन । जुम्लाबाट उहाँले अनसन बसेको आठौं दिनमा विज्ञप्ति जारी गदैं आफू कुनैपनि हालतमा माग पूरा नभएसम्म अनसन जारी राख्दै काठमाडौ आउन सहमत हुनुभयो ।

जुम्लामा दुईबर्ष अघि सरकारले अस्पताल हाताभित्रै डा.केसीका समर्थकलाई प्रहरी परिचालन गरी दमन गरेको घटनालाई स्मरण गर्दै आफू अहिले पनि त्यहीं बसिरहे यस्तै अवस्था हुन्छ भनेर काठमाडौ फर्कनलागेको व्यहोराको विज्ञप्ति प्रकाशित गर्नुभएको थियो ।
‘उहाँ काठमाडौ फर्कने सूचनासँगै तैनाथ भएको प्रहरीले त्रिवि शिक्षण अस्पतालमा लगियो भने उहाँका धेरै समर्थकले साथ दिन्छन् भन्ने डरले त्रिभुवन विमान स्थलको गेटबाटै एम्बुलेन्स भित्रबाट अपहरण शैलीमा लछारपछार गर्दै घिसारेर प्रहरीले ट्रमा सेन्टर लगेको हो’ उहाँका सहयोगी प्रितम सुवेदीले बताउँनुभयो ।

डा.केसीले आजसम्म उपचार पनि लिनुभएको छैन । आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने अडान लिएपछि डा. केसीलाई मंगलबार बिहान ११ः२५ मा बुद्ध एयरको फ्लाइटबाट काठमाडौं ल्याइयो ।

‘डा.केसीलाई त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्सले छल गरेर सिनामंंगलतर्फ लगेपछि डा.केसीले प्रतिवाद गर्नुभयो । उहाँको पिछा गर्दै आएको प्रहरीको भ्यानमा आएका प्रहरीहरुले ठूलै अपराधी फेला पारेझै गरि डा.केसी चढ्नुभएको एम्बुलेन्स घेरा हाली बाहिर निस्कनुस् भन्न थाले । डा.केसीले म किन झर्ने, झर्दिनँ भन्दै सवाल जवाफ गर्नुभयो’ सुवेदीले जानकारी दिनुभयो– पछि प्रहरीले एम्बुलेन्सभित्रै पसेर बलजफ्ती उहाँलाई अपराधीसरह बाहिर निकाले ।

मेरो नागरिक अधिकार हनन भयो :”डा.केसी

मेरो नागरिक अधिकार हनन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो अधिकार हनन गर्नुभयो । जबसम्म मलाई टिचिङ अस्पताल लगिंदैन तबसम्म म रगत, पिसाब, ब्लडप्रेसर केही पनि जाच्न दिन्नँ । नेपालगंजबाट म काठमाडौ एयरपोर्टमा १ बजेतिर आईपुगे । त्यहाँपुगेपछि अगाडि टिचिङ अस्पतालको एम्बुलेन्स देखे मलाई लिन आएछ भन्ठाने ।

त्यतिनै बेला नेपाल मेडिकल एशोसियसनबाट एकजना डाक्टरले मैले एम्बुलेन्स पठाईसकेको छु, एनएमएले पठाएको एम्बुलेन्समा आउँनुस् है भनेका थिए । म त टिचिङमा त्यत्रो वर्ष काम गरेको ठाउँ, त्यहींको एम्बुलेन्स पठाएछन् भनेर चढेको थिएँ । एम्बुलेन्स गेटबाट बाहिर निस्कनासाथ सिनामंंगलतर्फ लाग्यो ।

ए किन यता, टिचिङ नगएर भन्दा त ट्रमा सेन्टर जाने हो भन्यो । मैले म जान्नँ भनेर विरोध गरेपछि टिचिङमा कोरोनाका बिरामी छन् भन्दै जबरजस्त प्रहरीले तानेर मलाई यता ल्याए । ट्रमा सेन्टरमा पनि त २ जना कोरोनाका बिरामी छन नि ? यो ओली र छिचिङ अस्पतालका डाईरेक्टर, डिनको निर्देशन होला त्यसैले यहाँ ल्याईयो । यो मलाई ओलीले गरेको अपहरण हो ।