सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै प्रकारका कानूनलाई संविधानको भावना र मर्म अनुकूल बनाएर प्रदेशवासीको घरआँगनमा सरकार पुगेको अनुभूति दिलाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड—१९ को विषम परिस्थितिमा मनाउन लागिएको यस वर्षको संविधान दिवसले सबै प्रकारका विषम परिस्थितिको सामना गर्न र प्रदेशवासीको हित एंव समृद्धिमा एकजुट भई लागि पर्न हामी सबैलाई सुखद अनुभूति भएको बताउनुभयो ।
स्वदेश र विदेशमा रहनुभएका नेपालीलाई सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै उहाँले सन्देशमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
तीन जना कैदीको बाँकी कैद मिनाहा
नेपाल सरकारको निर्णयबमोजिम कैलाली कारागारमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका तीनजना कैदीको बाँकी कैद मिनाहा गरिएको छ । कारागार शाखाका प्रमुख महेन्द्रसिंह खड्काले कत्र्यव्य ज्यान मुद्दाका एक र सवारी ज्यान मुद्दाका दुई जनाको बाँकी कैद मिनाहा गरिएको जानकारी दिनुभयो ।
१५० जना कैदीबन्दी अटाउन सक्ने क्षमताको कैलाली कारागारमा हाल दुई आश्रित बालकसहित ३३ महिला र ४८० पुरुष कैदीबन्दी रहेका छन् ।
प्रतिक्रिया