वरिष्ठ नेता खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।

खनाल निवास डल्लुमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनाल र राजदूत क्वात्राबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।