पाल्पामा कोरोनाका कारण ५२ वर्षीय पुरुषको मृत्यु


कविराज नेपाल, पाल्पा ।

तानसेन १ मिसन अस्पतालले निर्माण गरेको वृद्धाश्रमको आइसोलेशन सेन्टरमा उपचाररत एक जना कोरोना संक्रमितको विहीवार विहान मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि एम्बुलेन्समार्फत् बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म पु¥याउदा उनलाई त्यहाका अस्पततालले ठाउँ नभएको जनाउँदै फिर्दा गरेपछि पुनः पाल्पामै फकाइएको थियो ।

उनको उपचारको क्रममा आइसोलेशनमा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनी एक हप्ता अघि विरामी भएर अस्पताल भर्ना भएका थिए । मृत्यु हुनेमा तानसेन ७ का ५२ वर्षीय पुरुष रहेको कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले वताउनुभयो ।

बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुनः तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।

यो सँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको सँख्या तीन पुगेको छ । यस अघि पूर्वखोलाका एक पुरुष र तानसेनकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

पाल्पामा समुदाय स्तरका ९४ जना संक्रमित:
पछिल्लो समय जिल्लामा समुदाय स्तरमा पनि कोरोना फैलने क्रम बढेको छ । पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९४ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

सुरु सुरुमा भारत सहित अन्य देशबाट आएका ब्यक्तिहरुलाई स्थानीय तहहरुले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्दै आएपनि पछिल्लो समयमा स्थानीय सरकारले क्वारेन्टाइनमा नराखी सिधै होम आइसोलेशनमा राख्न थालिएको र त्यहाँ स्वास्थ्य मापदण्ड र सुरक्षात्मक उपायहरु पलना नगर्दा समुदायमा कोरोना वढेको हो ।

देशका कोरोना संक्रमण भएका स्थानबाट तथा , विदेश र भारतबाट आएका मानिसहरुको वारेमा सोधीखोजी नगर्ने, तथ्यांक नराख्ने र केही हदसम्म लार्पवाही तथा , सीमा नाका नजिकै भएको र यसमा पनि कडाइ नहुनु जस्ता कारणले गर्दा जिल्लामा समुदाय स्तरमा कोरोना देखिदै गएको जानकारहरु वताउछन ।

यसका साथै सर्वसाधारणले सर्तकता अपनाउने, स्वास्थ्य मापदण्ड पूरा नगर्ने, स्वाव परीक्षण र नतिजा नआदा सम्म होम आइसोलेशन सुरक्षा सर्तकता नअपनाई बस्ने तथा संक्रमित व्यक्तिहरुले समेत सर्तकता नअपनाउने गर्नाले संक्रमण वढेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसारु दुइ नगर पालिका र आठवटा गाउपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लाामा पाल्पाको निस्दी गाउपालिकामा बाहेक ९ वटा स्थानीय तहमा समुदायमा कोरोना फैलिएको छ जसमा माथागढी गाउपालिकामा ५ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउपालिकामा १ जना, रैनादेबी छहरा गाउपालिकामा ५ जना, रम्भा गाउपालिकामा १८ जना, बगनासकाली गाउपालिकामा ९ जना, तिनाउ गाउपालिकामा १० जना, रिब्दीकोट गाउपालिकामा १ जना, तानसेन नगरपालिकामा २५ जना, र अस्पतालमा गरि पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

संक्रमितमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी ८ जना, जनप्रतिनिधिहरु ५ जना समेत छन ।
कार्यालयका अनुसार पाल्पा जिल्लामा हालसम्म ६ सय ८१ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६ सय ८ जना पुरुष र ७३ जना महिला रहेका छन् । जसमध्ये ५ सय ७७ जना निको भएका छन् ।