जग्गा जमिनको कित्ताकाट गर्ने गरी गरिएको निर्णय हाल कार्यान्वयन नगर्न सर्वोच्चकोे अन्तरिम आदेश

0
Shares

विकास भट्टराई,काठमाडौं ।

जग्गा जमिनको कित्ताकाट गर्ने गरी गरिएको निर्णय हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल ईजलासले आगामी असोज ८ गतेसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

दिईएको अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा असोज ८ गते पुुन: छलफल हुने भएको छ । अधिवक्ता सन्तोष भण्डारी लगायतले दायर गरेको रिट निवेदनमा अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ,रामेश्वरप्रसाद कोईराला,किर्तिनाथ शर्मा पौडेल लगायतले बहस गर्नुभएको थियो ।