कोरोना बीमाको दावी मापदण्ड संशोधन


काठमाडौं ।

कोरोना बीमाको दावी मापदण्ड संशोधन भएकाे छ । यस अघि सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था रहेकोमा बीमा समितिले मापदण्ड संशोधन गरेर निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने व्यवस्था गरेको हो ।

यस अघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको परीक्षण रिपार्ट मात्रै दावी भुक्तानीका लागि हुने व्यवस्था रहेको थियो ।

यसको चौतर्फी आलोचना भए पछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुककै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।

सोमबारदेखि लागु हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेकाे हो ।

यो सँगै कोरोना बीमा दावी भुक्तानीमा देखिएको बिवादको अन्त्य भएको छ । मापदण्ड संशोधन गरेर बीमा समितिले अब कोरोना बीमाको सामुहिक पोलिसीमात्रै जारी गर्ने समेत नीति बनाएको छ ।

Circular-6-2077.078