चौतर्फी बिरोधपछि कित्ताकाट निर्णय फिर्ता गरेको मन्त्री अर्यालको घोषणा


काठमाडौँ ।
लामो समय सम्म रोक्का रहेको जग्गा कित्ताकाट गर्ने निर्णय गरेको सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले एक हप्ता अघि गरेको निर्णय फिर्ता दिएको घोषणा गरेकी छिन ।
सर्वत्र बिरोध भएपछि मन्त्री अर्यालले उक्त निर्णय फिर्ता दिएको घोषणा गरेकी हुन । भूमाफियाको चंगुलमा परेर उक्त निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेताहरुले नै तीव्र बिरोध गरेका थिए । मन्त्रालयले भदौ २५ मा जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो ।