बालिकालाई गर्भपतन गर्न लैजाँदा पक्राउ


धादिङ, (नेस)

आफैले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ।
१३ वर्षीया एक बालिकालाई ज्वालामुखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमालले  बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि  प्रहरीले पक्राउ गरेको हो ।

गर्भवती भएकी बालिकालाई लिएर कुमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउन आएको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

बालिकालाई पटकपटक घरमा बोलाएरर ललाई फकाई बलात्कार गर्ने गरेको र पछिल्लोपटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बालिकालाई महिला सुरक्षा घर (सेफ हाउस)मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।