३५ लाखमा कछुवा बेच्न खोज्ने ५ पक्राउ


काठमाडौं, (नेस)

दुर्लभ कछुवा बिक्री गर्न लागेको बेला कछुवासहित एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान कलंकीको मकालु पेट्रोल पम्पनजिकै दुर्लभ पहेंले रंगको कछुवा ३५ लाखमा बिक्रीवितरण गर्न लागेको बेला प्रहरी टोलीले गिरोहलाई कछुवासहित पक्राउ गरेको थियो ।

७ सय ग्राम तौल र १२ इन्च लामो उक्त कछुवासहित सुर्खेत भेरीगंगा नगरपालिका २ बस्ने सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगरपालिका ८ बस्ने सन्तोष रम्तेल, रौतहट चपुर नगरपालिका ३ बस्ने रुपेश तिमिल्सिना र नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने प्रमोद बाँस्कोटालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उक्त दुर्लभ कछुवा चितवनबाट काठमाडौं ल्याएको बयान प्रहरीलाई दिएका छन् ।