तास खेल्ने पाँच भुटानी शरणार्थी एक लाख ५७ हजार रकमसहित पक्राउ


न्युज अफ नेपाल,भद्रपुर।

घरधनी काठमाण्डौमा भई खाली घरमा तास खेलिरहेको अवस्थामा पाँच भुटानी शरणार्थी एक लाख सन्ताउन्न हजार रकमसहित पक्राउ परेका छन् ।शनिबार साँझ ६ बजेतिर दमक नगरपालिका ३ को बेलडागी २ शिबिरस्थित सेक्टर ए४ हट न.२४५ बस्ने मनु गुरुङको घरमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सेक्टर न.ए४ हट न.२३२ बस्ने ३८ वर्षिय प्रकाश राई, सेक्टर न.बी ३ हट न.३०५ बस्ने ३६ वर्षिय नरेश दाहाल, सेक्टर न.बी ४ हट न.३६६ बस्ने ३६ वर्षिय कुमार तामाङ, सेक्टर न.ई २ हट न.१०५ बस्ने बिर्खमान राई र सेक्टर न.बी २ हट न.१९८ बस्ने २४ वर्षिय सन्तबीर तामाङ रहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

घरधनी काठमाण्डौमा भई खाली घरमा तास खेलिरहेको बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरिएको उहाँले बताउँनुभयो । उनीहरुको साथबाट एक लाख सन्ताउन्न हजार नगदसहित एक बुङ तास बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका दमकमा राखिएको उहाँले जानकारी दिनुभयो ।