बुटवलमा थप एक जनाकाे कोरोना संक्रमणबाट मृत्यु


रूपन्देही ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लाको ओमसतिया-५ का ४० वर्षीय मधुमेहका बिरामी ती पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको हाे ।

गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।