चितवनमा ८७ संक्रमित थपिए


चितवन ।

चितवनकाे भरतपुर अस्पतालले गरेको परिक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार राती १२ बजेसम्म गरिएको ५३३ नमुना परिक्षणमा ८७ नमुना पोजेटिभ देखिएको अस्पतालको कोभिड ल्याबकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिएकी हुन ।

भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टाइनबाट स्व़ाब संकलन गरिएको थियो ।

त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी-१ का २ पुरुष र २ महिला रहेका छन् ।

त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरि ८ जना रहेका छन् । उनीहरुको स्व़ाब क्वारेन्टाइनबाट लिइएको अस्पतालले जनाएको छ ।