अभिनेता डाब्सनको निधन

0
Shares

हलिउडका प्रख्यात फिल्म तथा टेलिभिजन अभिनेता केविन डाब्सनको ७७ वर्षको उमेरमा निधन भएको छ।
उनको निधनको खबरसँगै सामाजिक सञ्जालमा उनलाई हलिउड कलाकार तथा फ्यानहरूले श्रद्धाञ्जली दिइरहेका छन्।

सन् १९४३ मा अमेरिकाको क्विन्समा जन्मिएका अभिनेताले रेलमा कन्डक्टरको काम पनि गरेका थिए भने १९६८ मा पहिलोपटक अमेरिकन टेलिभिजन शो लाइफ टी लिभबाट अभिनयको शुरुआत गरेका थिए।

हलिउड फिल्म मिडवे, अल नाइट लंग अर डार्क पावरलगायत धेरै फिल्म तथा द डाक्टर्स, कोलाज अर द ग्रेटेस्ट अफ द बाइबलसहित धेरै टेलिभिजन कार्यक्रममार्फत लाखौं दर्शकको मन जितेका थिए।