आज सुनचाँदीको भाउ स्थिर


काठमाडौं ।

सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । सोमबार सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही भाउमा कारोबार भैरहेको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ६०० रुपैयाँ रहेको छ । त्यस्तै, आज (सोमबार) चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।