काठमाडौं । कृषि मन्त्रालयले मल समयमै आपूर्ति नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ।
कृषीमन्त्री घनश्याम भुषालले मल ल्याउन ढिलाई गर्ने ठेकेदारको धरौटी जफत गरी, कानुनी कारवाही गर्ने सिफारिस आफुलाई प्राप्त भएको र त्यसबारे निर्णय केहि घन्टा भित्रै गरिने जानकारी बताएका छन्।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई कारबाही गर्ने निर्णय भएको हो।
कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएको थियो।
दुवै कम्पनीले भदौ २० गतेसम्म सबै मल ल्याइसक्ने बताएका थिए।
दुवैले ५–५ करोड रुपैया धरौटी राखेका छन्। ठेकेदार कम्पनीहरुले समयमै मल नल्याउँदा प्रमुख कृषिबाली धान खेतिको समयमा देशभर मलको चरम आभाव देखिएको छ।











प्रतिक्रिया