नौ डाँडा काटेपछि सार्वजनिक


गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको शब्द रचनामा नरहरि प्रेमी र सुमिनालोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा आएको छ।

म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा संगीत पनि नरहरी प्रेमीकै रहेको छ। खास गरी परदेश जाने विषयका गीतहरूमा महिलाले पुरुषलाई विदेश नजान वा विदेशमा गएपछि मलाई बिर्सने पो हो कि भन्ने जस्ता भावना अभिव्यक्त गरिएको हुन्छ भने यस गीतमा चाहिँ ठीक उल्टो अर्थात्महिला वैदेशिक रोजगारीका लागि परदेश जान लाग्दाका बखत पुरुष पे्रमीले आफ्नी प्रेमिकालाई आफ्ना भावना अभिव्यक्त गरेको देखाएको छ।

गीतको म्युजिक भिडियोमा मुख्यकलाकारका रूपमा सुशील जंग कुँवर र सुस्मिता कुँवर रहेका छन्। भिडियो जीबी आग्रीको निर्देशनमा तयार भएको छ।