एसईईका विद्यार्थीका लागि एनसेलको सिम एक रुपियाँ

0
Shares

काठमाडौ, (नेस)

एनसेल आजियाटा लिमिटेडले एसईईका विद्यार्थीका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले १ रुपियाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माई फाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना भदौ १८ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माई फाइभ सेवाका लागि आफूलाई सधैं सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेल सजिलैसँग माई फाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माई फाइभ समूहमा राखेपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीले ती नम्बरमा ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माई फाइभ समूहमा राख्न सक्छन् । माई फाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपियाँ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा सय वा सो भन्दामाथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक सय बराबरको खर्चमा ग्राहकले तीन दिनको समय सिमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहनेछ ।