करणी आरोपमा एक पक्राउ


लमजुङ, (नेस) । 

लमजुङ प्रहरीले एकैदिन ३ बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।

क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । गत भदौ ६ गते ११ वर्षीया दुई बालिका र ९ वर्षीया एक बालिकासहित ३ बालिकालाई कोही नबस्ने खाली घरमा लगी ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

प्रतिवादी गुरुङलाई पक्राउ गरी जिल्ला अदालत लमजुङबाट जबरजस्ती करणी मुद्दाको अनुसन्धानका लागि २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।