गिता केसी हत्या प्रकरण : अभियुक्त निर्मलले गरे आत्मसमर्पण

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको अल्का अस्पतालमा हाउस किपिङमा कार्यरत कर्मचारीको हत्या आरोपी भतिजा निर्मल केसीले महानगरीय प्रहरी परिसर ललितपुरमा आत्म समर्पण गरेको खुलेको छ । घाटी थिचेर हत्या गरेको मनाजले प्रहरीले शव फेला पारेको खबर पाउनेत्तिकै आत्मसमर्पण गरेको खुलेको छ ।

परिसरका प्रहरी अधकृतले न्युज अफ नेपालसंग भने करिब साढे १२ बजेतिर उनी परिसर आएका थिए । परिसरको मुद्धा शाखाको टोलीले तत्कालै महानगरीय प्रहरी वृत चापागाँउमा पठाएका थिए । प्रहरीले भने घटनाको अनुसन्धान भैरहेको उनले हो वा अन्यल भन्ने विषयमा भन्न नसकिने बताएको छ ।

प्रहरी वृत चापागाउका प्रमुख डिएसपी कृष्णराज ओझाले घटनाको विषयमा छानविन भैरहेको बताउनुभयो । उस्ले हो वा अन्यले भन्ने विषयमा अहिलेनै बोल्ने अवस्था नभएको उहाको भनाई थियो ।

लामो समयदेखि अल्का अस्पतालमा कार्यरत उनी केहीदिन बिदा पछि १७ गते काममा फर्किएकी थिइन । सोही दिन हराएपछि परिवारले परिसरमा उजुरी दिएका थिए ।

हराएको चार दिनपछि शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ । चुनिखेल बस्दै आएकी उनीलाई घुम्न जाने बहानामा जंगलमा लगेर घाटि थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनी हराएको भन्दै तीनदिनअघि परिसरमा उजुरी परेको थियो ।

उनको शव पोष्ट मार्टमको लागि पाटन अस्पताल लगिएको छ । उनका शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित सामुदायिक वनमा फेला परेको थियो । प्रहरीले कुकुरको सहयोगमा शव पहिचान गरेको थियो ।