देशभर आज थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन्।