अष्ट्रेलियामा आर्थिक मन्दी


क्यानबेरा (एजेन्सी)
कोरोना भाइरसको संक्रमण निम्त्याइरहेको मानवीय संकटमा अब आर्थिक संकट जोडिन थालेको छ । विश्वमा प्राय देशहरु यस महामारीका कारण आर्थिक विपत्तीतर्फ धकेलिरहेका छन् ।

यसबीच अष्ट्रेलियाले करिब ३० बर्ष पछि आधिकारिक रुपमा पहिलो पटक आर्थिक मन्दी गएको जनाएको छ । यहाँ जुनपछिको तीन महिनामा पहिलाको सोही अवधिको तुलनामा ७ प्रतिशतले गिरावट आएको हो । गत हप्ता बाहिर आएको आधिकारिक आंकडाबाट यो जानकारी प्राप्त भएको हो ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार अष्ट्रेलियाको तथ्यांक विभागको नयाँ आंकडा यसै बर्षको मार्चपछिको तीन महिनाको भन्दा सुन्य दशमलव ३ प्रतिशत कम रहेको छ । यो किर्तिमान गिरावत निजी क्षेत्रका कारण आएको हो । जुन कोविड १९ महामारी रोक्ने प्रयास अन्तर्गत बन्द थिए वा प्रतिबन्धित थिए ।

एबीएस मा नेसनल अकाउन्टका प्रमुख माइकल स्मिथस्ले यो गिरावतका लागि वैश्विक महामारी र यो सँग जोडिएका रोकथामको नितिलाई जिम्मेवार ठहर्याएका छन् । उनले भने , यो एक ठुलो मार्जिन हो । यो सन् १९५९ पछि तीन महिनाको जीडीपीमा आएको सबैभन्दा ठुलो गिरावट हो ।

अतिरिक्त सहायता भुक्तानका कारण नगद रासी दिइएको सामाजिक सहायता लाभ बढेर ४१ दशमलव ६ प्रतिशत पुगेको छ । परिवहन सेवा, बाहन तथा होटल, क्याफे तथा रेस्टुरेन्टको सन्चालमा कमी आउनुले सेवा क्षेत्रमा खर्च १७ दशमलव ६ प्रतिशत कम भएको छ ।

अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसनको एक प्रतिवेदनमा कोविड १९को असर राज्यहरुमा पनि फरक फरक रुपमा महसुस गरिएको उल्लेख गरिएको छ ।

न्यू साउथ वेल्स र भिक्टोरियाले सबैभन्दा तिब्र गिरावटको सामना गर्नु परेको बीआईएस अक्सफोर्ड इकोनोमिक्सका सारा हन्टरलाई उदृत गर्दै प्रतिवेदनमा उल्लेख गरेको छ । ती राज्यहरुमा अन्तिम मागमा क्रमस ६ दशमलव ६ र ८ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । तास्मानिया पनि अन्तराष्ट्रिय पर्यटक नआउनुका कारण नोक्सानमा रहेको छ ।