सुशान्त मृत्यु प्रकरण : दुई जना पक्राउ


एजेन्सी । अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले दुइ जनालाइ पक्राउ गरेकाे छ । लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको हाे ।

यो प्रकरणमा अनुसन्धान गरिरहेको सिबीआईकाे यो पहिलो गिरफ्तारी हो। तर लागुऔषध कारोबारको विषयमा एनसिबीले पक्राउ गरेको हो। पक्राउअघि उनीहरु दुवै जनाको घरको खानतलासी पनि लिइएको थियो। एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ।

एनसिबीले लागुऔषध कारोबारसँग जोडिएका केही व्यक्तिको बयान लिनुका साथै केहीलाई हिरासतमा पनि लिइएको बताइएको छ।

गत १४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो। तर पछि २५ जुलाईमा सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रियाविरुद्ध उजुरी दिएका थिए।

त्यस्तै, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।