फुटबल खेल्ने निहुँमा झगडा, अस्पतालमा वितण्डा

तीन जना प्रहरी नियन्त्रणमा, सात जना फरार


न्युज अफ नेपाल, काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्र सिंह राठौरले युवाहरुबीच फुटबल खेल्ने क्रममा देखिएको विवादले अस्पतालमा वितण्डा मच्चाएको बताउनुभएको छ ।

उहाँले विहिवार ढुंगेधाराका आठ/दस जना युवाहरु रानीवारीमा झगडा गर्न जाने क्रममा स्थानीयले लखेटेर पठाएको बताउनुभयो ।

उहाँले हिजो नै रानीवारीमा झगडा गर्न गएका ढुंगेधाराका दुई जना युवाहरुलाई प्रहरीले पक्राउ गर्नुको साथै केही सामान्य घाइते भएका स्थानीयलाई  उपचारकाे लागि मोनमोहन अस्पताल लगेपछि इमरेजेन्सीमा ढुंगेधाराका युवाहरु झगडा गरेको बताउनुभयो । प्रवक्ता राठौरले न्युज अफ नेपालसँग भन्नुभयो,‘झगडा गर्ने तीन जना प्रहरी नियन्त्रणमा छन, सात जना फरार छन, हामी छिट्टै पक्राउ गछौ ।’