प्रदेश अन्तर्गतका अस्पताललाई १७ करोड दिने बागमती प्रदेश सरकारको निर्णय


न्युज अफ नेपाल, हेटौडा
बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेश अन्तर्गत रहेका अस्पताललाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा आज बसेको बैठकले कोरोनाको जोखिम बढदै गएकाले प्रदेश अन्तर्गतका अस्पतालहरुलाई १७ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कोभिड–१९ को व्यवस्थापन, समन्वय र अनुगमन गर्नको लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा समानुपातिक सांसद र स्थानीय तहका प्रमुख सदस्य रहने व्यवस्था गरेको बताउनुभयो । त्यसैगरी काठमाडौंको टोखामा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालमा रुपान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।