नेकपाको सचिवालय बैठक वालुवाटारमा जारीः राष्ट्रिय सभामा गौतम कि खतिवडा ?


न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । आजको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ । त्यसैग्री बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय गर्ने बताइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन । उपाध्यक्ष गौतमले पार्टीले यसअघि गरेको निर्णय अनुसार आफू राष्ट्रियसभाको सदस्य बन्नु पर्ने दबाब दिदै आउनुभएको छ । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यही भदौ २१ गतेबाट सकिदैछ ।