रातो मच्छिन्द्र नाथको रथ तान्ने क्रममा झडप


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेक प्रसाद राईले निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको हो ।

सरकारले कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर स्थानीयले जबरजस्ती रथ तान्न खोजेपछि थपड भएको हो ।