जाल्टनको लम्बियो मिलान बसाइ


मिलान, (एजेन्सी)
स्वीडेनका भेट्रान फुटबलर जाल्टन इब्राहिमोभिचले इटाली सिरी ए टोली एसी मिलानसँग अनुबन्ध सम्झौता पत्रमा १ वर्षका लागि हस्ताक्षर गरेका छन्। ३८ वर्षीय जाल्टनले मिलानका लागि सबै प्रतिस्पर्धामा गरी ११ गोल गरेका थिए।

उनी जनवरीमा मिलानमा फर्केका थिए। उनले युभेन्ट्स, इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट खेलेका थिए।