उपत्यका भित्रका स्वस्थ्यकर्मीको लागी निःशुल्क बससेवा


न्युज अफ नेपाल, काठमाडाैँ ।

नेपाल स्काउट, नेपाल चिकित्सक संघ, र हिसानको सहकार्यमा उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागी निःशुल्क बससेवा संचालनमा आएकोछ । उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताकलागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रीय संयोजक तथा हिसानका महासचिब लोक बहादुर भण्डारीले जानकारी दिएका छन्।

पछिल्लो समय कोरोना संक्रमण को संख्या अत्याधिक बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बससेवा सुरु गरिएको हो । दुई दिन अघि स्वास्थ्य मन्न्रि भानुभक्त ढकाल संग अभियान संचालनका बिषयमा आयोजक संस्थाका प्रतिनिधिहरूले छलफल परामर्स गरेका थिए ।

छलफल को निश्कर्ष अनुशार नेपाल स्काउट, नेपाल मेडिकल एशोसियशन, नेपाल नेशनल अस्पताल कलङ्की, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) लगायतले अभियानलाई अघि बढाएका हुन ।अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि हिजो देखी निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटले जनाएको छ ।

सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस भनेर निःशुल्क बससेवा सुरु गरिएको हो।हिजोदेखी सुरु गरिएको यस कार्यमा सुरुमा ३ वटा बसले सेवा दिनेछन् । आवश्यक भएमा बस थप्न सकिने भण्डारी बताउछन । सबै बसहरुमा स्काउटका स्वएमसेवकहरू परिचालित भईरहेका छन्। तालिका अनुसार बस विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म संचालनमा आउनेछन् ।

यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा शुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ ।

यसैगरि तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस किसिमको बस सेवाले स्वास्थ्यकर्मीहरुले ठूलो राहतको अनुभव गरेका छन् ।