काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । आईतबार ग्राण्डी अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको उहाँले
बताउनुभयो।

उहाँ श्रीमतिका साथमा स्वाव परीक्षण गर्न अस्पताल पुग्नुभएको थियो । आइतबार महानगरको मुख्यालय लगायतका सबै कार्यालय काठमार्डौ प्लाजामा सार्ने विषयको बैठकमा मेयर शाक्य उपस्थित नभएपछि उहालाई कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेको जानकारी भएको थियो ।