टिकटकको अभिनयबाट विश्वभर लोकप्रिय बनिन् नेपालकी सानी समाइरा (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो समय स- साना बच्चादेखि लिएर बुढापाकालाई समेत अभिनयमा तान्न सफल भएको चिनियाँ एप टिकटक अहिले विश्वभर लोकप्रिय बनेको छ । सो एपमा कसैको आवाज, गीत तथा डाइलगमा आफूले अभिनय गर्न मिल्दछ । यस एपको सबैभन्दा सकारात्मक पक्ष भनेको यसले सारा विश्वका मानिसलाई एक साथ जोड्नका साथसाथै एक अर्काको खुबी उजागर गर्नमा धेरे सहयोग गरेको देखिन्छ ।

यसै एप मार्फत नेपालकी समाइरा थापाले समेत सबैको मन जित्न सफल भएकी छन् । भर्खर डेढ दुई बर्षकी सानी नानीले गरेको अभिनय देखेर नेपाली मात्र नभई सारा बिश्वनै आश्चर्यचकित परेको छ । उनको अभिनयको तारिफ गर्दै भारतीय सञ्चारमाध्यम ‘द ईण्डिएन एक्सप्रेस’ ले समेत एक आर्टिकल छापेको छ । समाइराले जुुनसुकै गीतमा पनि रहर लाग्दो अभिनय गरेकी छन् । कतिपय गीत त हामीलाई नै कण्ठ पार्न गाह्रो हुन्छ तर यी सानी नानीका हरेक भिडियोमा उनको हाउभाउसहित गीतको बोल समेत मिलिरहेको हुन्छ ।

समाइराका टिकटक भिडियो :