१ सय ५६ जना मजदुरको स्वास्थ्य बिमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

काठमाडौं र ललितपुर जिल्लामा रहेका ईंट्टा उद्योगमा काम गर्ने सिन्धुलीका १ सय ५६ परिवारको स्वास्थ्य विमा गरिएको छ ।

नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत स्वास्थ्य विमा बोर्ड सिन्धुलीले उक्त परिवारका ६ सय ५१ जनालाई निशुल्क स्वास्थ्यविमा गरिएको हो ।

बालविकास समाजकपन, काडमाण्डौ र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित“ईटा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना’ अन्तर्गत सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका वडा न. २ का सो घर परिवारको २ सय ६१ जना बालबालिका सहित ६ सय ५१ सदस्यहरुलाई स्वास्थ्य विमाको लागि सहयोग गरिएको बारे संस्थाको संरक्षण अधिकृत प्रकाश सुनुवारले जानकारी दिनुभयो ।

ईटा उद्योगको सिजनमा सिन्धुलीबाट ईंट्टा उद्योगमाकाम गर्न राजधानी गएका श्रमिकको सख्या पहिचान भएपछि स्वास्थ्य विमा बोर्डका कर्मचारी २ जना र ३ जना स्वयंम सेवकलाई परिचालन गरी श्रमिकको घरमा पुगेर उनीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिएको बारे स्वास्थ्य विमा बोर्ड सिन्धुलीका प्रमुख रमेशकुमार घिमिरे बताउनुभयो ।

परिवारले निःशुल्क स्वास्थ्य विमाको सुविधा पाएपछि ईंट्टा उद्योगमा नाइकेको रुपमा काम गर्नुहुने वडा न. २ बन्चरेका होम बहादुुर पहरी खुसी हुँदै बालविकास समाज र वल्ड भिजन ईन्टरनेशनललाई धन्यवाद दिँदै भन्नुभयो ‘दिनरात खटेर भट्टामा कामगर्दा खानलगाउनमुस्किलभएको बेला घर घरमै आएर हाम्रो निःशुल्क स्वास्थ्यविमा गरेर ठुलो सहयोग गर्दिनुभयो तपाईहरुलाई धन्यवाद ।’

परियोजनाको सहयोगमा गत वर्षमा सिन्धुली जिल्लाकै फिक्कलर मरिण गाउँपालिकाको १५० घर परिवारको ५१२ सदस्यहरुलाई नि.शुल्क स्वास्थ्यविमा गरेपछि उनीहरुले स्वास्थ्य सेवा लिइरहेका छन् ।