प्रधानमन्त्रीको मुखमा ७३ लाखको मास्क


काठमाडौं ।

प्रधानमन्त्री र मन्त्रीहरुले लगाउने मास्क छाप्न ७३ लाख खर्च भएको खबर बाहिर आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरुले नेपालको झन्डाअंकित मास्क लगाउने भएका छन् । बेलाबेलामा बेसार पानी नै कोरोनाको अचुक औषधि भएको बताउने उहाँ अहिले आएर बेमौसमी बाजाजस्तो नेपालको झन्डाअंकित मास्क बनाउनमै व्यस्त देखिनुभएको छ ।

नेपालको झन्डाअंकित मास्क लगाउँदैमा कोरोना भाग्ला त ? आम सर्वसाधारण यो प्रश्न गर्न थालेका छन् । नेपाली वीर बहादुर हुन्छन् भनी विश्वले नै चिनेको छ, अब कोरोनालाई पनि नेपाली को हो भन्ने चिनाउन झन्डै देखाउन परेको भनी सामाजिक सञ्जालमा चर्चा परिचर्चा हुन थालेको छ ।

विश्व नै कोरोनाको चपेटामा परेका बेला, अझ नेपाली जनता दुःखमा भएको हँुदा मास्कले नपुगेर नेपाली झन्डा भएको मास्क नै आवश्यक होला र ? । फोटो ः प्रधानमन्त्रीका प्रेस सल्लाहकारका फेसबुक पेज