५ लाख ३० हजार नगदसहित पूर्वाधार बिकास कार्यालय प्रमुख पक्राउ

0
Shares

यमलाल भुषाल,बुटवल ।

प्रदेश नम्बर ५ भौतिक पूर्वाधार बिकास कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनिष कुमार अर्याल ५ लाख ३० हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवलबाट पक्राउ गरेको छ ।

कामको सिलसिलामा मन्त्रालय आएको समयमा अक्तियार अनुसनधान आयोग बुटवल कार्यालयले अर्यालसंग स्रोत नखुलेको उक्त रकमसहित भौतिक पुर्वाधार बिकास मन्त्रालय बुटवल उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख डा. भिष्म भुषालले बताउनुभयो ।